Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । इरानले इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण गरेको छ । बीबीसीकाअनुसार अस्पताल क्षतिग्रस्त भएको छ र धेरै मानिस घाइते भएका छन् ।
इजरायलले इरानले आफ्नो क्षेप्यास्त्र आक्रमणमा अस्पताललाई सिधै निशाना बनाएको आरोप लगाएको छ ।
“आज बिहान इरानका आतंकवादी तानाशाहहरूले सोरोका अस्पताल र बेरशेबाको नागरिक जनसंख्यामा मिसाइल प्रहार गरे,” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक्समार्फत भनेका छन्, “इरानका तानाशाहहरूले यसको पूरा मूल्य चुकाउनेछन् ।”
इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानको हालैको आक्रमणपछि कम्तीमा ३२ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ ।
इजरायली सैन्य अधिकारीले इरानले आफ्नो पछिल्लो आक्रमणमा इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
इजरायलले इरानले दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताल सहित नागरिक क्षेत्रहरूलाई निशाना बनाएको आरोप लगाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij