Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा कार्की नियुक्त

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा कार्की नियुक्त

  • काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पूर्व सचिव किशोरजंग कार्की नियुक्त भएका छन् । उनले हिजो सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् ।

    images
    images
    images

    शपथ ग्रहणपछि उनले प्रभु बैंक सञ्चालक समितिको ३८१औँ बैठकको अध्यक्षता गर्दै औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । शपथ कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना, बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावललगायत प्रभु बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत उपस्थित थिए ।

    images

    कार्की मिति २०८१ मंसिर २९ गते सम्पन्न बैंकको २३औँ वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा निर्वाचित भएका थिए । त्यसपछिको मिति २०८२ असार १९ गते बसेको सञ्चालक समितिको ३८०औँ बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij