
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । भारतको राजधानी दिल्लीमा भूकम्पको झट्का महसुस भएको छ ।
स्थानीय समयअनुसार बिहीबार बिहान ९:०४ बजे ४.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले जनाएको छ ।
लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
एनसीएसका अनुसार “भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो । यसको गहिराई जमिनबाट लगभग दस किलोमिटर गहिराइमा थियो ।”
दिल्ली-एनसीआर भूकम्पीय जोखिम क्षेत्र मानिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij