
Jul 14 2025 | २०८२, असार ३० गते
काठमाडौं । पद्म पुरस्कार विजेता अभिनेत्री सरोजा देवीको सोमबार बेंगलुरुमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सरोज देवी ८७ वर्षकी थिइन्।
सरोजा देवीले कन्नड, तमिल, तेलुगु र हिन्दी भाषाका २०० भन्दा बढी चलचित्रहरूमा काम गरिन्।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले सामाजिक प्लेटफर्म ‘एक्स’ मा लेखेका छन् , “सरोजा देवीको नाम लिने क्षणमा, ‘कित्तूर चेन्नम्मा’, ‘बब्रुवाहन’ र ‘अन्नाथांगी’ जस्ता फिल्महरूमा उहाँको अद्भुत अभिनयको सम्झनाहरू ताजा हुन्छन्।”
“दशकौंसम्म सुसंस्कृत चलचित्रहरू मार्फत दर्शकहरूलाई मनोरञ्जन दिनुभएकी सरोजा देवीको निधन भारतीय चलचित्रको लागि ठूलो क्षति हो।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij