Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध

  • काठमाडौँ । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभाग सम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    अवरुद्ध भएका सेवाहरुमा अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा,जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर/जैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु रहेका छन् ।

    AGNI GROUP

    विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने जनाएको छ । आइतबार देखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ ।

    Single Image

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij