
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । बंगलादेश वायु सेनाको एफ-७ प्रशिक्षण विमान दुर्घटनामा अहिले सम्म १९ जनाको मृत्यु भएको छ । १५० जना भन्दा बढी घाइते भएको डेली सनले जनाएको छ ।
घाइतेहरूको ढाका मेडिकल कलेज अस्पताल,संयुक्त सैन्य अस्पताल, कुर्मिटोला जनरल अस्पताल, र राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थान लगायतमा उपचार भइरहेको छ ।
राजधानी ढाकाको उत्तरा क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो । विमान स्थानीय समयअनुसार सोमबार दिउँसो १:०६ बजे उडेको थियो र करिब १:३० बजे उत्तरा १७ मा रहेको माइलस्टोन कलेजको तीन तल्ले भवनमा खसेको अन्तर-सेवात्मक जनसम्पर्क (आईएसपीआर)ले जनाएको छ ।
घटनास्थलमा बंगलादेश सेनाका जवानहरू र अग्नि नियन्त्रण तथा नागरिक सुरक्षा विभागका आठवटा दमकल परिचालन गरिएको अग्नि नियन्त्रक सेवा तथा नागरिक प्रतिरक्षाले जनाएको छ ।
घटनाको प्रत्यक्ष दर्शी र माइलस्टोन कलेज नजिकैको अफिस ‘Friendship & Cooperation Recruitment’ मा कार्यरत साद्मान रुहसिनका अनुसार विमानले विद्यालय भवनलाई ठोक्किएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij