Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । भारतका १४औँ उपराष्ट्रपति जगदीप धनखरले राजिनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउँदै २१ जुलाई राति देखी लागु हुने गरी उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । ७४ वर्षीय धनखरको कार्यकाल १० अगस्ट २०२७ सम्म कायम थियो ।
उनले जुलाई १० मा मात्रै एक कार्यक्रममा भनेका थिए, ‘भगवानको कृपाले मलाइ सौभाग्य प्राप्त भएको छ कि म अगस्ट २०२७ मा मात्रै रिटायर हुनेछु, त्यो बेला सम्म देशका लागि काम गर्न पाएकोमा गर्ब गरेको छु ।’ तर, यसो भनेको ११ दिन पछि अचानक उनको राजिनामा आए पछि एक किसिमको तरंग छाएको छ ।
धनखरले धारा ६७ (ए) बमोजिम राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पत्र बुझाइसकेको जनाएका हुन् । उनले राजिनामा पत्रमा लेखेका छन् – ‘स्वास्थ्य र चिकित्सा सल्लाहलाई प्राथमिकता दिँदै तत्काल प्रभावबाट भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिँदैछु ।’ पत्रमा उनले सहयोग र सौहार्दपूर्ण सम्बन्धका लागि राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । साथै, सहयोगका लागि प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई धन्यवाद पनि दिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij