
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौँ । थाइल्याण्डले कम्बोडियाको हमलाआमा आफ्ना दुई नागरिकको मृत्यु भएको जानकारी दिएको छ ।कम्बोडियाले थाई गाउँको बीचमा दुई वटा बीएम-२१ रकेट प्रहार गर्दा दुई जना नागरिकको मृत्यु भएको बताएको हो ।
मृत्यु हुनेमा एक १२ वर्षीय बालक र एक वयस्क पुरुष रहेका छन् । थाइल्याण्डको सुरिन प्रान्तको काब चोएङका जिल्ला प्रमुखले ८६ गाउँका ३० हजार देखि ४० हजार मानिसहरूलाई सुरक्षाको लागि आश्रयस्थलमा सारिएको बताएका छन् ।
सीमा बारे विवाद बढेपछि दुवै देश एक अर्कामाथि आक्रमणमा उत्रिएका हुन् । यो विवाद एक दिन अघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि शुरु भएको बताइएको छ । थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ भने थाई नागरिकहरूलाई कम्बोडिया छोड्न अपील गरेको छ ।
थाईल्याण्डको शिक्षा मन्त्रालयले थाईल्याण्डको सुरिन प्रान्तमा विवादित सीमा नजिकैका सबै विद्यालयहरू बन्द गरेको छ । साथै थाइल्याण्ड कम्बोडियासँगको सबै सीमा नाकाहरू बन्द गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij