Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

  • काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ ।

    images
    images
    images

    गत असार ८ गते कम्पनीले हकप्रद शेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् ।

    images

    कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गरेको हो ।

    लगानीकर्ताले भदौ ४ गते भित्र हकप्रद खरिदका लागि आवेदन दिनुपर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij