Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।
'दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू' भन्ने मूल नाराका साथ नेपालमा पनि यस बर्षको युवा दिवस मनाइँदैछ ।
समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन् ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी रूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो ।
सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij