Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान

तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान

  • काठमाडौं । काजाकिस्ताको अस्तानामा हुने काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जि १) मा निर्णायकको भूमिका निर्वाह गर्न २ अन्तर्राष्ट्रिय निर्णायक त्यसतर्फ प्रस्थान गरेको छन् ।

    onlinepatrika
    Arghakhachi

    अगष्ट १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा विक्रम खड्गी र विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । दुवैलाई एसियाली तेक्वान्दो युनियन (एटीयू) बाट छनोट भएको बताइएको छ ।

    AGNI GROUP

    खड्गी र विडारी काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष हुन् । खड्गी तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारीमा पनि छन् ।

    उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij