
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । भारतको उत्तराखण्डमा अघिल्लो साता आएको विनाशकारी बाढीमा २६ जना नेपाली बेपत्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना हराइरहेका छन् ।
अघिल्लो साता आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गस्थित धराली बजारलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । बाढीले स्थानीय होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरू समेत बगाएको अनुमान गरिएको छ ।
धराली क्षेत्रमा फोन र विद्युत सेवा पुनःसञ्चालन भएपछि खोजी अभियान जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij