Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

कैलाली कारागार घटनामा छानबिन समिति गठन

कैलाली कारागार घटनामा छानबिन समिति गठन

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको झडपको छानबिनका लागि समिति गठन गरिएको बताएका छन् ।

    images
    images
    images

    बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनेको र प्रतिवेदन आएपछि दोषीमाथि कानुनी कारबाही हुने बताए ।

    images

    गृहमन्त्रीका अनुसार उक्त घटनामा एक कैदीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । अस्पतालले रिफर गरेका तीन जनामध्ये दुई जना ट्रमा सेन्टरमा र एक जना त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्  । 

    चार जनाको उपचारपछि डिस्चार्ज गरी कारागार पठाइएको छ भने बाँकी ४१ जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । मृतकको शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको छ ।

    कैलाली कारागारमा हाल ६४३ जना पुरुष र ४७ जना महिला गरी ७०० जना बन्दी छन् । साउन २२ गते राति दुई पुरुष ब्लकबिचको पर्खाल तोडफोड गरी एक ब्लकका बन्दीहरूले अर्को ब्लकमा पुगेर कुटपिट गरेको घटनाबारे विवरण खुलेको छ ।

    images

    घटनापछि द्वन्द्वरत समूहका १७ नेतृत्वकर्ता अन्यत्र सरुवा गरिएको, दुई पटक विशेष खानतलासी सञ्चालन गरिएको र कारागार निरीक्षण गरी बन्दीहरूलाई शान्ति–सुरक्षाका लागि सम्झाइएको मन्त्री लेखकले बताए ।

    उनका अनुसार अहिले कारागारको अवस्था सामान्य छ र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij