Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतको ७९औं स्वतन्त्रता दिवस,

आज भारतको ७९औं स्वतन्त्रता दिवस, लाल किल्लाबाट प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै

आज भारतको ७९औं स्वतन्त्रता दिवस, लाल किल्लाबाट प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै

प्रधानमन्त्री मोदीले स्वतन्त्रता दिवसमा लगातार १२औं पटक लाल किल्लाबाट भाषण दिनेछन् ।

  • काठमाडौँ । भारतले आज आफ्नो ७९औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

    onlinepatrika
    Arghakhachi

    अगस्ट १५ मा, प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन् ।

    AGNI GROUP

    प्रधानमन्त्री मोदीले स्वतन्त्रता दिवसमा लगातार १२औं पटक लाल किल्लाबाट भाषण दिनेछन् । यस पटक देशभरबाट छानिएका २६ राज्य र केन्द्र शासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ ।

    लाल किल्ला र यसको वरपरका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । ११ हजारभन्दा बढी सुरक्षाकर्मी र तीन हजार ट्राफिक प्रहरी तैनाथ गरिनेछन् ।

    स्नाइपरहरूसँगै ड्रोन विरोधी एकाइहरू, सीसीटीभी क्यामेरा, अनुहार पहिचान प्रणाली, स्वचालित नम्बर प्लेट पहिचान र सवारी साधन मुनि निगरानी प्रणाली पनि तैनाथ गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij