
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौं । आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा इन्टेरियर डिजाइन संकाय शैक्षिक प्रमुखका रुपमा कार्यरत शैलिशा शाक्य ‘एपीएसडीए अवार्ड–२०२५’बाट सम्मानीत भएकी छन् ।
हालै एसिया प्यासिफिक स्पेश डिजाइनर एशोसिएसन ‘एपीएसडीए’ले फिलिपिन्समा आयोजना गरेको ‘एपीएसडीए अवार्ड’ समारोहमा शैलिशाले उक्त अवार्ड हासिल गरेकी हुन् ।
उक्त अवार्डमा नेपालबाट प्रतिनिधित्व गर्ने शैलिशा एक्ली हुन् । यससँगै शैलिशा इन्टेरियर डिजाइनिङसम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बनेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij