
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० नेपालीलाई कैद माफी दिएको छ । नेपाली राजदूतावास अबुधाबीका अनुसार उनीहरूलाई बाँकी कैद सजाय माफी गरी रिहा गर्ने निर्णय गरिएको हो ।
दूतावासले जनाएअनुसार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व अल अहाद (ईद अल–अधा) को अवसर पारेर युएई सरकारले यो निर्णय गरेको हो ।
राजदूतावासले माफी पाएका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी चाँडै स्वदेश फिर्ता पठाउने तयारी भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij