Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । चाँदी आयातमा भुक्तानीको सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सुविधा बढाएको हो ।
संशोधित परिपत्र अनुसार अब चाँदी आयात गर्दा प्रति पटक पाँच लाख अमेरिकी डलरसम्म सटही सुविधा हुनेछ । यसअघि यस्तो सुविधा तीन लाख अमेरिकी डलरसम्म थियो ।
‘चाँदी व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदी बनाउन औद्योगिक कच्चा पदार्थकोरुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ’, नयाँ व्यवस्थामा उल्लेख छ ।
अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्त परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij