Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

भियतनामकी उपराष्ट्रपति सुआनद्वारा उच्चस्तरीय भेटवार्ता

भियतनामकी उपराष्ट्रपति सुआनद्वारा उच्चस्तरीय भेटवार्ता

  • काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएकी छिन् ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयका अनुसार आज हुने भेटमा नेपाल–भियतनामबीचको आपसी सम्बन्ध सुदृढ गर्ने र द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल हुनेछ ।

    images

    भियतनामबाट नेपाल भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा समेत उपराष्ट्रपति सुआन सहभागी हुने कार्यक्रम छ ।

    शनिबार नेपाल आइपुगेकी उनले त्यस दिनै परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । सो अवसरमा मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन् । यसबारे आज हुने उच्चस्तरीय भेटमा विस्तृत छलफल हुने जनाइएको छ ।

    भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछिन् । त्यस्तै, उनले पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूपलगायतका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थल अवलोकन गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी सोमबार नै स्वदेश फर्किनेछिन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij