
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौं । सिद्धिचरण लोकमार्ग अन्र्तगत कटारी – मिर्चैया खण्डको सडकमा गुडि रहेको टिफरमा एक्कासी आगो लागेको छ । उदयपुरको कटारी नगरपालिका– १ चुरियामा सनिवार राती १२ बजेतिर सिन्धुलीको दुधौलीबाट गिट्टी बोकेर मिर्चैया जाँदै गरेको ना ८ ख ५९४१ नम्बरको टिफरमा वायरिङ सट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
टिफरमा लागेको आगो प्रहरी र दमकलको सहयोगमा १ घण्टापछि नियन्त्रणका लिएको जनाएका छन । सो आगलागीबाट १९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सो आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको जनाएका छन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij