Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

राज्य व्यवस्था समितीको सभापतिको चयनको छलफलमा कांग्रेस

राज्य व्यवस्था समितीको सभापतिको चयनको छलफलमा कांग्रेस

  • काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको सभापतिको चयन गर्न कांग्रेस छलफलमा रहको छ ।

    images
    images
    images

    सभामुखले समितिको सभापतिको टुंगो लगाउन कांग्रेसलाई दबाब दिएपछि आजै टुंगो लगाउने गरि कांग्रेस छलफलम जुटेको हो ।

    images

    कांग्रेसले पदाधिकारी बैठक बसेर समितिको सभापतिको नाम तय गर्न तयारी गरेको छ ।यसैबीच सभामुखको सचिवालयका अनुसार समितिको सभापतिको निर्वाचनको सूचना आइतबार प्रकाशन गर्न सभामुखले चाहेको भएपनि कांग्रेसको अनुरोधमा रोकिएको थियो ।

    अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग आइतबार सभामुखले दुई पटक छलफल गरेपनि आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन कांग्रेसले आग्रह गरेपछि सभामुख पछि हटेका थिए ।

    कांग्रेस प्रमुख सचेतकले आज बिहान पदाधिकारी बैठकले सभापतिको टुंगो लगाउने जानकारी दिएको बताइएको छ । प्रतिनिधि सभा नियमावलीको १७७ को ५ अनुसार समितिको सभापति रिक्त भएको मितिले १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

    images

    त्यस्तै सभामुखले सभापति निर्वाचनको सुचना निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगाडी प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार आज बिहान सभामुखले समितिको सभापतिको निर्वाचनको सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति रहेको छ ।

    समितिका तत्कालिन सभाति रामहरी खतिवडाले साउन २७ गते राजीनामा दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij