Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

जम्मू कश्मीरमा बाढीमा फसेका २२ सैनिक र तीन नागरिकको उद्धार

जम्मू कश्मीरमा बाढीमा फसेका २२ सैनिक र तीन नागरिकको उद्धार

  • काठमाडौं । जम्मू कश्मीरको कठुआमा वर्षा र पहिरोका कारण आएको बाढीमा फसेका २२ सैनिक र तीन सर्वसाधारणलाई उद्धार गरिएको छ ।

    images
    images
    images

    समाचार एजेन्सी पीटीआईका अनुसार सीआरपीएफ क्याम्पमा क्षति पुगेका कारण यी मानिसहरू अलपत्र परेका थिए ।

    images

    पीटीआईसँग कुरा गर्दै एक सेना अधिकारीले भने, “राति अबेर हामीलाई थाहा भयो कि पानीको सतह धेरै बढेको छ । यहाँ पुललाई जोड्ने भाग पनि बगायो र क्षेत्र पानीमा डुबेको छ। हामीले केही सीआरपीएफ जवानहरू फसेको जानकारी पायौं । यसपछि, एसडीआरएफ, एनडीआरएफ र सेनाले मिलेर उद्धार कार्य सुरु गर्यो ।”

    “बिहान उज्यालो हुने बित्तिकै सेनाले हेलिकप्टरबाट राहत र उद्धार कार्य सुरु गर्‍यो । सेनाको हेलिकप्टरले २२ जना सीआरपीएफ जवान, एउटा कुकुर र तीन जना सर्वसाधारणलाई सुरक्षित रूपमा बाहिर निकाल्यो । सबैजना सुरक्षित छन् र कसैले पनि ज्यान गुमाएका छैनन् ।”

    जम्मू क्षेत्रमा वर्षा र पहिरोका कारण आठ जनाको मृत्यु भएको छ । वैष्णोदेवी यात्रा रोकिएको छ । मुख्यमन्त्री उमर अब्दुल्लाहले क्षेत्रको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij