
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको हालै शल्यक्रिया गरिएको छ । छालाको क्यान्सरबाट पीडित बाइडेनले मोहस सर्जरी (छालाको क्यान्सरसँग सम्बन्धित शल्यक्रिया) गराएको उनका प्रवक्ताले जानकरी दिएको बिबिसीले उल्लेख गरेको छ ।
यस प्रक्रियामा, क्यान्सरको कुनै निशान नभेटिँदासम्म छालाको तहहरू हटाइन्छ । हालै, ८२ वर्षीय बाइडेनको टाउकोको दाहिने छेउमा घाउ देखिएको थियो ।
सन् २०२३ मा बाइडेनको स्वास्थ्य जाँचको क्रममा, उनको छातीबाट क्यान्सर भएको छाला हटाइएको थियो । मे महिनामा, उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो, जुन उनको हड्डीमा फैलिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij