Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दोहामा रहेका हमासका वरिष्ठ नेताहरुमाथि इजरायलको आक्रमण

दोहामा रहेका हमासका वरिष्ठ नेताहरुमाथि इजरायलको आक्रमण

  • काठमाडौँ । इजरायलले कतारको दोहामा रहेका हमासका वरिष्ठ नेताहरुलाई आक्रमण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सेनाले हमासका वरिष्ठ नेताहरूविरुद्ध 'सटीक आक्रमण' गरेको बताएपनि कुन ठाउमा गरेको भन्ने बारे स्पष्ट गरेको छैन । तर मिडिया रिपोर्टका अनुसार कतारको दोहामा विस्फोटको आवाज सुनिएकोर धुवाँ उडिरहेको देखिएको उल्लेख गरिएको छ ।

    AGNI GROUP

    रिपोर्टका अनुसार वार्ताका लागि रहेको उनीहरूको प्रतिनिधिमण्डललाई दोहामा बैठक चलिरहेको बेला लक्षित गरिएको बताइएको छ ।कतारको विदेश मन्त्रालयका प्रवक्ता मजादल अन्सारीले इजरायलले दोहामा हमासको राजनीतिक ब्यूरोका सदस्यहरू बसोबास गर्ने आवासीय परिसरहरूमा आक्रमण गरेको जानकरी दिएका छन् ।

    अन्सारीले हमलालाई 'कायरपूर्ण कार्य' कार्यको संज्ञा दिएका छन् र इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij