Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

जेन जी आन्दोलन

जेनजीको एउटा समूह वृहद भर्चुअल वैठकमा...

जेनजीको एउटा समूह वृहद भर्चुअल वैठकमा...

  • काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जीहरू आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् ।

    images
    images
    images
    डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने रु शासकीय स्वरूप कस्तो हुने रु कार्यकारीको शासन अवधि कति हुने रु भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् ।

    यस्तै, उनीहरूले वार्ताका लागि कसलाई पठाउने, नेतृत्वमा कसलाई अगाडि बढाउने भन्ने विषयमा पनि आन्तरिक छलफल गरिहरेका छन् ।

    images

    संसद विघटनपछि अबको कति अवधिमा निर्वाचन हुने विषय पनि छलफलमा छ ।

    भर्चुअल छलफलमा खास गरी संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्षको हुने र एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने लगायतका बुँदाहरूमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij