Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सेबास्टियन लेकोर्नु फ्रान्सको प्रधानमन्त्री नियुक्त

सेबास्टियन लेकोर्नु फ्रान्सको प्रधानमन्त्री नियुक्त

  • काठमाडौँ । फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले रक्षामन्त्री लेकोर्नुलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सेबास्टियन लेकोर्नु राष्ट्रपति म्याक्रोनका नजिकका मानिन्छन् । उनले म्याक्रोनका धेरै मिसनहरू सफल बनाएका छन् । फ्रान्समा एक वर्षमा यो चौथो पटक प्रधानमन्त्री नियुक्त भएको हो ।

    AGNI GROUP

    यसअघि सोमबार प्रधानमन्त्री फ्रान्कोइस बायरोले विश्वासको मत नपाएको कारण राजीनामा दिएका थिए ।गत वर्ष सेप्टेम्बरमा गेब्रियल एटलको राजीनामापछि मिशेल बर्नियर प्रधानमन्त्री बनेका थिए ।

    डिसेम्बरमा राजीनामा दिएपछि बायरोले पदभार ग्रहण गरे । तर फ्रान्सको वित्तीय घाटा कम गर्न असफल भएका कारण उनको सरकार ढल्यो ।म्याक्रोनले नयाँ प्रधानमन्त्री लेकोर्नुलाई २०२६ को बजेट प्रस्तुत गर्ने र संसदबाट सहमति गराउने जिम्मेवारी सुम्पेका छन् ।

    राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री लेकोर्नुले बजेटको लागि संसदका सबै दलहरूसँग परामर्श गर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij