Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतको १५औं उपराष्ट्रपति

सीपी राधाकृष्णन बने भारतको १५औं उपराष्ट्रपति

सीपी राधाकृष्णन बने भारतको १५औं उपराष्ट्रपति

  • काठमाडौँ । सीपी राधाकृष्णनले भारतको १५औं उपराष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा ६७ वर्षीया राधाकृष्णनलाई शपथ ग्रहण गराएकी हुन् ।यस क्रममा पूर्व उपराष्ट्रपति जगदीप धनखड पनि आफ्ना उत्तराधिकारी सीपी राधाकृष्णनको शपथ ग्रहण समारोहमा उपस्थित रहेका थिए ।

    AGNI GROUP

    उपराष्ट्रपति पद त्यागेपछि धनखड पहिलो पटक सार्वजनिक कार्यक्रममा भाग लिएको देखिएको थियो ।मंगलबार भएको उपराष्ट्रपति चुनावमा राधाकृष्णनले ४५२ मत प्राप्त गरेर जित हासिल गरेका थिए भने विपक्षी उम्मेदवार बी सुदर्शन रेड्डीले ३०० मत प्राप्त गरेका थिए ।

    यसअघि जगदीप धनखडले आफ्नो स्वास्थ्यमा समस्या देखाउदै राजीनामा दिएपछि उपराष्ट्रपतिको चुनाव भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij