Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं । सरकारका तीनजना मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवन र सर्वोच्च अदालतको अनुगमनमा जाने भएका छन् ।
आज दिउँसाे संसद भवन जाने कार्यक्रम रहेको बालुवाटार स्रोतले बताएको छ । संसद भवनपछि सर्वोच्च जाने तालीका रहेको छ । यस्तै, भैंसेपाटीस्थित मन्त्री निवासको पनि उनीहरुले संयुक्त अवलोकन गर्ने छन् ।
जेनजी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालत जलाएर ध्वस्त पारेका थिए । संसद भवन अहिले बन्द छ भने सर्वोच्चमा पाल टाँगेर काम सुरु गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij