Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेनजी आन्दोलन: २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी

जेनजी आन्दोलन: २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी

  • काठमाडौं । गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको क्षतिबाट २० अर्ब रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ । आन्दोलनबाट भएको क्षतिको माग दाबीसहित १८ वटा बीमा कम्पनीमा बीमा दाबी परेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल बीमा प्राधिकरणका अनुसार २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको एक हजार ९८४ वटा बीमा दाबी परेको छ । जसमा सबैभन्दा बढी दि ओरियण्टल इन्स्योरेन्समा परेको छ ।

    AGNI GROUP

    दि ओरियण्टलमा पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दाबी सङ्ख्या ४० वटा रहेको छ ।
    त्यस्तै, सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा २५८ वटा दाबी बापत चार अर्ब ९३ करोड २२ लाख, शिखर इन्स्योरेन्समा ३६६ वटा दाबी बापत कुल दुई अर्ब ३९ करोड चार लाख र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ बीमा दाबी परेको छ ।

    यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँ दाबी परेको छ ।

    अन्य ११ वटा कम्पनीमा एक अर्कभन्दा कम बीमा दाबी परेको छ । यस अवधिमा सानिमा जिआइसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँको दाबी पर्दा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ५१ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

    नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख बीमा दाबी पर्दा एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ बीमा दाबी परेको छ । प्रभु

    इन्स्योरेन्समा १९ करोड १८ लाख, नेशनलमा ६ करोड ८२ लाख, प्रोटेक्टिभमा १ करोड १३ लाख, स्टार माइक्रोमा ६७ लाख, नेपाल माइक्रोमा ५६ लाख र ट्रस्ट माइक्रोमा ४२ लाख बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

    बीमा दाबी परेकाहरूको तत्काल भुक्तानी गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन समेत दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij