Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

तत्काल चार आयोग गठन गर्न विश्वप्रकाश शर्माको माग

तत्काल चार आयोग गठन गर्न विश्वप्रकाश शर्माको माग

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्दै आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले जेनजी पुस्तालाई आफुहरुले भविष्यको कर्णधार भनिरहदा उनीहरु वर्तमानकै नेतृत्व गर्न आएको बताउदै जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका हुन् । 

    AGNI GROUP

    महामन्त्री शर्माले जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्ने, भदौ २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, भ्रष्टाचारका विभिन्न मुद्दामा उच्चस्तरीय शक्तिशाली छानबिन र २०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गरी चार आयोगको तत्काल गठन गर्न माग गरेका छन् । 

    साथै उनले अहिलेसम्मको राजनीतिक यात्रामा आफु जम्माजम्मी एक पटक सांसद बनेको बताउदै आफ्नो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गर्न समेत आग्रह गरेका छन् र राजनीतिक नेतृत्वमा रहेका सबै परीक्षणका लागि तयार बन्न आग्रह गरेका छन् ।

    उनले जेनजी पुस्ताको नाममा विधम्स मच्याउनेको छानबिन गर्न जेनजी युवाहरुलाई आग्रह समेत गरेका छन् ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij