Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तालिबानको हिरासतबाट मुक्त भएका बेलायती दम्पती लन्डन पुगे

तालिबानको हिरासतबाट मुक्त भएका बेलायती दम्पती लन्डन पुगे

  • काठमाडौं । अफगानिस्तानमा तालिबानद्वारा झण्डै आठ महिनासम्म हिरासतमा राखिएका एक बेलायती जोडी रिहा भएपछि अब बेलायत फर्किएका छन् । यो जोडी शनिबार कतारबाट लन्डनको हीथ्रो विमानस्थलमा आइपुगेको थियो ।

    onlinepatrika
    Arghakhachi

    ८० वर्षीय पिटर रेनोल्ड्स र उनकी श्रीमती ७६ वर्षीया बार्बी लगभग दुई दशकदेखि अफगानिस्तानमा बस्दै आएका थिए । बेलायत पुग्नुअघि उनीहरूले कतारको राजधानी दोहामा आफ्नी छोरीलाई पनि भेटे ।

    AGNI GROUP

    दम्पतीका छोरा जोनाथन रेनोल्ड्सले बीबीसीलाई भने कि उनीहरू आफूलाई मद्दत गर्नेहरूप्रति “अत्यन्तै खुसी र धेरै आभारी” छन् ।

    तालिबानले फेब्रुअरी १ ​​देखि ती जोडीलाई हिरासतमा राखेको थियो । उनीहरूले अफगान कानून तोडेको बताएका छन् ।

    अब उनीहरूलाई न्यायिक कारबाही पछि रिहा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij