Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

महिनौंको झगडापछि पहिलो पटकसँगै देखिए ट्रम्प र मस्क

महिनौंको झगडापछि पहिलो पटकसँगै देखिए ट्रम्प र मस्क

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्क महिनौंको झगडापछि पहिलो पटकसँगै देखिएका थिए । दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई श्रद्धाञ्जली अर्पण गर्न आयोजना गरिएको एरिजोनाको ग्लेन्डेलको कार्यक्रममा ट्रम्प र मस्कबीच भेट भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सो कार्यक्रममा हजारौं मानिसहरूले दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । यस भेटले दुई बीचको मेलमिलापको संकेत गरेको छ ।

    AGNI GROUP

    मस्कले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा २४ करोड डलरभन्दा बढी दान गरेपछि उनको सल्लाहकार बनेका थिए । ट्रम्पको दोस्रो कार्यकालमा, मस्कले सरकारी दक्षता विभागको नेतृत्व गरेर ठूलो संख्यामा सरकारी खर्च कटौती अभियान संचालन गरेका थिए ।

    यद्यपि, पछि उनीहरूको सम्बन्ध बिग्रियो र मस्कले सरकारी दक्षता विभागको नेतृत्व छोडेर ट्रम्पसँग दूरी बनाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij