Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फ्रान्ससहित ६ राष्ट्रले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिए

फ्रान्ससहित ६ राष्ट्रले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिए

  • काठमाडौं । फ्रान्ससहित छ देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    संयुक्त राष्ट्रसंघको वार्षिक महासभा अगाडि सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनमा फ्रान्स, अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेका छन् ।

    AGNI GROUP

    शिखर सम्मेलन न्यूयोर्कमा साउदी अरेबियासँग मिलेर आह्वान गरिएको थियो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले दुई राज्य समाधानको सम्भावना सुरक्षित गर्न राष्ट्रको जिम्मेवारी रहेको भन्दै औपचारिक घोषणा गरे ।

    यससँगै, यस वर्ष अप्रिलसम्म करिब १९३ मध्ये १४७ वटा संयुक्त राष्ट्र सदस्य राष्ट्रले प्यालेस्टाइन  मान्यता दिएका थिए । अब करिब ८० प्रतिशत अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ ।

    जसले  गाजामाथिको नरसंहारलाई निरन्तरता दिइरहेको इजरायलमाथि कूटनीतिक दबाब अझ बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij