Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेनजी युवाहरूले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
शहीद र घाइतेका लागि पनि युवाहरू एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले जेनजीको नाम बदनाम गर्ने प्रयास भएकाले सबै युवाहरू सहज हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
जेनजी युवाहरूले रगतले देखिएको इतिहास–अब कर्मले पूरा गरौं, शहीदको रगत खेर नजाओस, जेनजी युनाइटेड देशका घाउहरू हाम्रो जिम्मेवारीलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij