Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन

भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्री पुनले आफ्नो सम्पूर्ण समय काममा लगाउन चाहेको संकेत गर्दै अनावश्यक समारोहहरूमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

    AGNI GROUP

    कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला,’ उनले भनेका छन् ।

    आफू युनेस्कोको महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको जानकारी दिंदै उनले अत्यावश्यक काममा मात्र मन्त्रीहरू विदेश गएका स्पष्ट पारे ।

    मन्त्री पुनले अत्यावश्यक र नगई नहुने महत्त्वपूर्ण बैठक तथा कामहरूमा मात्र केही मन्त्रीहरू विदेश गएको स्पष्ट पारेका छन् । उनले ‘विदेश घुम्यो’ भन्ने हल्ला नगर्न पनि आग्रह गरेका छन् ।

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका वैज्ञानिक पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो फरक कार्यशैलीका कारण चर्चामा छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij