Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सालकको खपेटा सहित २ जना पक्राउ

सालकको खपेटा सहित २ जना पक्राउ

  • काठमाडौं । काठमाडौं महानगरपालिका–२९ मैतीदेवी पेट्रोल पम्प नजिक बा.२ ज ६५७ नम्बरको ट्याक्सीबाट ४ सय ४५ ग्राम तौल भएको सालकको खपेटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी नगरपालिका४ बस्ने ३२ वर्षीय राम मिजार र सोही ठाउँ बस्ने २७ वर्षीय नवराज मिजार रहेका छन् । उक्त ट्याक्सीमा अवैध रुपमा सालकको खपेटा ओसार पसार गरी किनबेच गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उक्त ट्याक्सी जाँच गर्दा कालो झोलाभित्र प्लाष्टिकमा लुकाई राखेको उक्त खपेटा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
       

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij