Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कुमारी बैंकद्वारा तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

कुमारी बैंकद्वारा तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

  • काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा जस्तै यसवर्ष शैक्षिक छात्रवृत्ति रकम जीवित देवी (निवर्तमान) तृष्णा शाक्यलाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकले बसन्तपुरकी जीवित देवीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष रु. १ लाखका दरले छात्रवृत्ति कोषमा रकम जम्मा गर्दै आएको थियो । उक्त कोषको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु रहेको बैंकले जनाएको छ ।

    AGNI GROUP

    त्यसै परम्परालाई निरन्तरता दिँदै, बैंकले सो कोषमा जम्मा भएको कुल रु. ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा छात्रवृत्तिका रूपमा निवर्तमान कुमारी तृष्णा शाक्यलाई हस्तान्तरण गरेको हो ।

    विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा ३१७ एटीएममार्फत सेवा दिँदै आएको छ । बैंकले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणजस्ता क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई निरन्तर रूपमा अघि बढाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij