Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ ।
आज सुन्धाराबाट मध्याह्न १२ बजे प्रदर्शन सुरु गरेर भृकुटीमण्डपमा पुगी जनसभामा परिणत हुने पार्टीले जनाएको छ । जनसभालाई पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij