Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपाल र भारतीय सेनाबीचको ’सुर्य किरण’ अभ्यासको १९औँ संस्करण सम्पन्न

नेपाल र भारतीय सेनाबीचको ’सुर्य किरण’ अभ्यासको १९औँ संस्करण सम्पन्न

  • काठमाडौँ । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भई मङ्सिर ९ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैनिक अभ्यास ’सुर्य किरण’ को १९औँ संस्करण सोमबार सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाका अनुसार यो अभ्यास सुर्य किरण २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ ।

    AGNI GROUP

    विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यास निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेसन टिमको नेतृत्व गरी उपरथी अनुप जङ्ग थापा सहभागी भएका थिए ।

    नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ ।

    यस किसिमका संयुक्त सैनिक अभ्यासले मित्रराष्ट्रहरू बिच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij