
May 01 2025 | २०८२, वैशाख १८ गते
पोखरा । गायन तथा नृत्य प्रतियोगिता ‘गोल्डेन आइडल नेपाल’को सातौँ संस्करणको शीर्ष उपाधि ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेविका रेउलेले जितेका छन् । घिसिङले गायन र रेउलेले नृत्य तर्फको उपाधि हात पारेका हुन् । दुबै विजेताले नगद सहित बिभिन्न अवसर र उपहार पुरस्कारको रुपमा हात पारेका छन् ।
पोखरामा आयोजित र गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ, नवराज बराल, ताराबहादुर गुरुङ अतिथि रहेको कार्यक्रममा गायनतर्फ सङ्खुवासवाका मदन लिम्बू फस्ट रनरअप र खोटाङ हलेसीका किस्मत सिआर सेकेन्ड रनरअप बन्दा नृत्यतर्फ कैलालीकी नेहारिका बोहरा फस्ट रनरअप र नेपालगन्जकी मनिषा परियार सेकेन्ड रनर अप र काठमाडौंकी आकृति पोख्रेल थर्ड रनरअप घोषित भए ।
गोल्डेन स्टार मल्टिमिडियाको आयोजना रहेको प्रतियोगितामा देशभरबाट गायन र नृत्यमा थुप्रै प्रतियोगी सहभागी थिए । ती मध्यबाट विभिन्न चरणको अडिसनबाट फाइनलका लागि दुवै स्पर्धामा ९, ९ जना प्रतियोगी छानिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij