Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रभु बैंकबाट बाहिरिन खोज्दै २ संस्थापक शेयरधनी

प्रभु बैंकबाट बाहिरिन खोज्दै २ संस्थापक शेयरधनी

  • काठमाडौं । प्रभु बैंकका दुई जना संस्थापक शेयरधनी बाहिरिने खोजेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेकै समयमा बैंकका संस्थापक शेयरधनी सन्ध्या थापा क्षेत्री र प्रताप श्रेष्ठले शेयर बिक्रीमा राखेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बैंकका संस्थापक शेयरधनी मञ्जु र प्रतापले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्री गर्न इच्छुक भई आवश्यक प्रक्रिया पूरा गर्दै बैंकसमक्ष निवेदन दिएका थिए । जस अनुसार बैंकले संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाका लागि १५ दिने सूचना प्रकाशित गरेको हो ।

    AGNI GROUP

    मञ्जु थापा क्षेत्रीको नाममा रहेको १६ हजार ८८ कित्ता र प्रताप श्रेष्ठको नाममा रहेको ६ हजार ८५२ कित्ता गरी कुल २२ हजार ९४० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न सक्नेछन् ।

    यदि विद्यमान शेयरधनीले शेयर खरिद नगरेमा राष्ट्र बैंकले ताके बमोजिम ‘फिट एण्ड प्रोपर टेस्ट’ को मापदण्ड पुरा हुने आवश्यक कागजात सहित सर्वसाधारणका लागि बिक्रीमा ल्याइने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij