Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालु आर्थिक वर्ष २०८२र८३ का लागि शिक्षकको तलब तथा भत्ता नपुग हुने स्थानीय तहलाई तोकिएको ढाँचामा विवरण पठाउन निर्देशन दिएको छ । केन्द्रको योजना तथा अनुगमन शाखाले आइतबार सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै तलब भत्ता नपुग वा बढी भएको विवरण माग गरेको हो ।
शिक्षक दरबन्दी मिलानपछि कायम भएको स्थानीय तहगत स्वीकृत दरबन्दी तथा अनुदानका शिक्षकका लागि नियमानुसार तलब भत्ता हिसाब गरी वित्तीय हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ ।
विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत तहगत शिक्षकको वार्षिक तलब तथा भत्तामा कमी वा बढी देखिएमा त्यसको आधार र औचित्य खुलाएर कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२र८३ को अनुसूची(१ बमोजिमको ढाँचामा विवरण तयार गर्न भनिएको छ ।
स्थानीय तहले प्रमाणित विवरण २०८२ माघ मसान्तभित्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ । त्यसपछि शिक्षा विकास तथा समन्वय एकाइले जिल्लाका लागि स्वीकृत दरबन्दी तथा राहत अनुदान कोटासँग विवरण भिडान गरी यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यकिनपछि तलब भत्ता अपुग वा बढी भएको देखिएमा आवश्यक सिफारिससहित २०८२ फागुनको पहिलो हप्ताभित्र केन्द्रको योजना तथा अनुगमन शाखाको इमेल ठेगानामा पठाउन केन्द्रले आग्रह गरेको छ ।
केन्द्रले स्थानीय तहलाई तलब भत्ता माग गर्दा दरबन्दी मिलानपछि कायम भएको दरबन्दी संख्या र दरबन्दी मिलानका क्रममा थप भएको शिक्षक दरबन्दी संख्या समेत एकीकृत गरी प्रमाणित प्रति संलग्न गर्न पनि निर्देशन दिएको छ ।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइलाई सबै स्थानीय तहसँग समन्वय गरी तोकिएको समयभित्र विवरण संकलन तथा पठाउने कार्यमा आवश्यक सहजीकरण गर्न भनिएको छ ।
यस्तो छ परिपत्र

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij