Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

डंगोलको हातमा काठमाडौंको बागडोर

डंगोलको हातमा काठमाडौंको बागडोर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतस् उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ ।

    AGNI GROUP

    मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका हुन् ।

    उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भीड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो ।

    रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij