Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । तामाङ समुदायको प्रमुख तथा नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार पर्व आज श्रद्धा र उत्साहका साथ मनाइँदैछ।
आजका दिन गुम्बा तथा विहारमा विशेष पूजा, प्रार्थना र धार्मिक अनुष्ठान गरिन्छ। परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य, संगीत तथा शुभकामना आदान-प्रदान मार्फत् नयाँ वर्षलाई स्वागत गर्ने चलन छ।
सोनाम ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
जसका कारण आज सरकारी कार्यालय, शैक्षिक संस्थाहरू, अधिकांश बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार पनि बन्द रहनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij