
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत ‘हामी नेपाल कम्युनिष्ट पार्टी’ युट्युव सार्वजनिक भएको छ । गीतमा गायिका दाहाललाई गायक नवीन खड्काले स्वरमा साथ दिएका छन् ।
गीतमा गणतन्त्र र संघीयताको रक्षा गर्न र जनताको मुहार फेर्ने कम्युनिष्ट पार्टी नै भएको चर्चा गरिएको छ । नवीन खड्काको शब्द तथा तिलक ओलीको संगीत रहेको गीतमा तिलककै एरेन्ज रहेको छ ।
भिडियो हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij