Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बलिउड अभिनेता राजिव कपुरको निधन

बलिउड अभिनेता राजिव कपुरको निधन

  • काठमाडौँ । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजिव कपुरको आज दिउँसो हृदयघातका कारण ५८ वर्षको उमेरमा निधन भएको छ । उनको घर नजिकैको अस्पतालमा निधन भएको हो । 

    images
    images
    images

    राजीवले राम तेरी गंगा मैलीजस्ता विभिन्न फिल्ममा काम गरेका थिए । ऋषि कपुरकी श्रीमती नीतू कपुरले आफ्नो सोसल मिडिया अकाउन्टबाट पोस्ट गरेर यसबारे पुष्टि गरेकी छिन् । नीतू कपुरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट राजीव कपूरको तस्बिर सेयर गर्दै लेखिन्, ‘रेस्ट इन पीस । ’ 

    राजिव कपूरले हिन्दी सिनेमामा अभिनेता, निर्माता र निर्देशकको रुपमा काम गरेका थिए । उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘एक जान हे हम’ बाट सिल्भर स्क्रिनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमा राजिवले मुख्य भूमिका निर्वाह गरेका थिए । आसमान, लभर बोय, जबरदस्त र हम तो चले परदेस उनको सबैभन्दा चर्चित फिल्मकाृ रुपमा मानिन्छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij