Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नायिका श्वेता भन्छिन्, 'पैसा हिनामिना प्रमाणित भए जुत्ताको माला लगाएर माझी बस्ती परिक्रमा गर्छु'

नायिका श्वेता भन्छिन्, 'पैसा हिनामिना प्रमाणित भए जुत्ताको माला लगाएर माझी बस्ती परिक्रमा गर्छु'

  • काठमाडौं ।अभिनेत्री श्वेता खड्काले एकीकृत माझी बस्ती निर्माणका क्रममा आफूले आर्थिक हिनामिना गरेको भन्ने आरोप प्रमाणित भए जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार रहेको बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    अभिनेत्री खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भ्रामक समाचारको पछि नलाग्न पनि आग्रह गरेकी छन् । बस्ती निर्माणका लागि तैँले के गरिस्’ भन्ने तरिकाले आफूलाई प्रश्न उठाउने गरिएको भन्दै श्वेताले बस्तीको निर्माण कार्य सञ्चालनका लागि आफूले व्यक्तिगत रुपमा ३२ लाख रुपैयाँ खर्च गरेको पनि बताएकी छन् ।

    AGNI GROUP

    ‘मैले श्वेताश्री फाउण्डेसनको नाममा पैसा उठाएर विलासी जीवन विताएको प्रतिक्रियाहरु पनि देखेको छु,’ श्वेताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तर जसले मलाई फाउण्डेसनको नाममा पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।’ उनले लेखेकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij