Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

रहेनन् कला निर्देशक शेर्पा

रहेनन् कला निर्देशक शेर्पा

  • काठमाडौं । कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन भएको छ।

    onlinepatrika
    Arghakhachi

    लामो समयदेखि कलेजोसम्बन्धी समस्यासग लड्दै आएका शेर्पाको उपचारका क्रममा मंगलबार हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा निधन भएको हो। उनको स्वास्थ्यमा थप समस्या आएपछि सोमवार अस्पताल भर्ना गरिएको थियो।

    AGNI GROUP

    हास्य कलाकारका रूपमा करिअरको थालनी गरेका उनले निर्देशक बद्री अधिकारीको फिल्म दुस्मनबाट कला निर्देशकका रूपमा अर्को यात्रा थालेका थिए। ४ दशकदेखि कला निर्देशनमा सक्रिय शेर्पाले टेलिभिजन तथा भिडियो फिल्म हुदै ठूलो पर्दामा अभिनय गरेका थिए।

    राजु राजाराम, सावधान, को आफ्नो को बिरानो, मुग्लान, चोर सिपाही, ए मेरो हजुर, कोहिनुर, शासन, हिकमत, कोप, मन मन्दिर, अग्निपथ, चित्कार, अंगुठाछापलगायतका फिल्ममा काम गरेका उनले निर्देशक प्रकाश सायमीको फिल्म पृथ्वीबाट ठूलो पर्दामा अभिनय यात्रा आरम्भ गरेका थिए।

    करिब ३ सय फिल्ममा कला निर्देशन गरेका उनले पछिल्लो समय झिङ्गे दाउ २ मा काम गरेका थिए। सरल, मेहनती र सबै कलाकारबीच प्रिय व्यक्तित्वका रूपमा चिनिने ५९ वर्षका उनको बाल्यकाल बौद्धमा बितेको थियो।

    शेर्पाका २ छोरी र ४ छोरा छन्। उनको बिहीबार मध्यान्ह टेकुघाटमा अत्येष्टि गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij