Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रहरीको सक्रियता : तीनघण्टामै अपहरणकारी च्याप्पै

प्रहरीको सक्रियता : तीनघण्टामै अपहरणकारी च्याप्पै

  • काठमाडौं । अपरिचित नम्बरबाट चन्दनको आमालाई फोन आयो । ‘तपाईको छोरा हाम्रो नियन्त्रणमा छ, छोरा लग्ने हो भने १ करोड दिए फिर्ता फिरौती चाहिन्छ,’ भन्दै फोन काट्यो । त्यस लगत्तै चन्दनका बुवा आमाले प्रहरी चौकी जटहीमा खबर गरे । प्रहरी सर्लाहीबाट डीएसपीको कमाण्डमा टोली, प्रदेश प्रहरी कार्यालयको टेक्निकल अनुसन्धान टोली र प्रहरी चौकी जटहीको टोली प्रहरीले सिम विक्री गर्ने पसल पत्ता लगायो । त्यहाँबाट प्रहरीले ती व्यक्ति खोज्यो तर त्यो सिम  नागरिकताको फोटो र फोटो कपि प्रयोग गरेर अर्कैले निकालेका रहेछन् । उसले निरन्तर फोन गरिरहेकै बिचमा लक्ष्मेश्वरको डेरा जनकपुर उपमहानगरपालिका–७ कटैया चौकीबाट पक्राउ गरि बच्चालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । एसपी रानाभाटका अनुसार लक्ष्मेश्वरले केहिदिन देखि योजना बनाएको देखिएको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    ‘उनले पहिले देखि नै योजना बनाएको देखिन्छ । त्यसका लागि घरबेटीसँग बहाना बनाएर नागरिकता लिएर सिम निकाले प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ एसपी रानाभाटले भने,‘अरु व्यक्ति पनि अपहरणमा संलग्न छन् की भन्ने आशंकामा घरबेटी निजको भाइलाई पनि नियन्त्रणमा लिएका छौं ।’ प्रहरी थप अनुसन्धानको लागि अपहरण र शरीर बन्धकमा आज जिल्ला अदालत धनुषामा १० दिनको माग गरि म्याद थपको लागि लगिएको एसपी रानाभाटले बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij