Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

गुड्दै गरेको माइक्रोबाट पैसा चोर्ने चोर च्याप्पै

गुड्दै गरेको माइक्रोबाट पैसा चोर्ने चोर च्याप्पै

  • भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषको नगद ५० हजार रुपैयाँ पकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने विकास राजबंशी र सिन्धुपाल्चोक बस्ने २७ वर्षीय सन्तोष लामा रहेका छन् । उक्त रकम पकेटमारी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले लामाको साथबाट पकेट मारेको नगद ५० हजार रुपैयाँ सहित फेला पारी उनीहरुलाई कौशलटार बस स्टपबाट पक्राउ गरेको हो ।
    उनीहरु उपर चोरीको कसुरमा थप अनुसन्धान तथा कारबाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij