Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

  • दि हेग । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि बढाइएको जनाएका छन् ।डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेको र यसका कारण हामीले देशका विभिन्न भूभागमा कफ्र्यु लगाएका छौँ भन्नुभयो ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री रुटले भन्नुभयो– हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्को वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ । मङ्गलबार पत्रकार सम्मेलनका क्रममा उहाँले सो कुराको जानकारी दिनुभएको हो । यहाँका स्वास्थ्य अधिकारीहरु र स्वास्थ्यसम्बन्धी विज्ञहरुले छलफल गरेर आगामी दिनमा के कसरी भाइरसको सङ्क्रमणको जोखिम घटाउने भनेर काम गरिरहेका छौँ– उहाँले भन्नुभयो । 

    AGNI GROUP

    उहाँले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिनुभयो । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उहाँले दिनुभयो । तर यहाँको सरकारले यहाँ लगाइ आएको कफ्र्युको अवस्था भने नहटाउने जनाएको छ । अहिले कतिपय स्थानमा विभिन्न समयमा कफ्र्युको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ । 

    नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कफ्र्यु लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कफ्र्युको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij